अवरुद्ध नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि दुईतर्फी सञ्चालनमा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवरुद्ध नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि दुईतर्फी सञ्चालनमा 


२४ असार २०८०, आइतबार


चितवन । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडक खण्ड दुई तर्फी सञ्चालनमा आएको हो । 

चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोलामा शनिवार अपराह्न चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो । तीन  एक्स्काभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । 

अहिले रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुस्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे  ।

यस सडक खण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस