२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविस्मरणीय : सभापति देउवा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविस्मरणीय रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित भैरवसिंह रावल स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले रावलले विशेषत सुदूरपश्चिम क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

उनले भने ‘रावलले मलाई अति माया गर्नु हुन्थ्यो, उहाँले प्रजातान्त्रिक आन्दोलनमा पनि गतिलो योगदान दिनुभयो, सुदूरपश्चिमेहरु एक हुनुपर्छ भन्दै उहाँले सुदूरपश्चिम क्षेत्रको विकासमा खेलेको भूमिका पनि बिर्सन सकिन्न ।’ 

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भैरवसिंह रावलले नेपाली काँग्रेसमा समाहित भएपछि खेलेको भूमिका कसैले बिर्सन नसक्ने बताए । 

उनले भने‘ विभिन्न जिल्लामा विभाजित अछामलाई छुट्टै र एक बनाउन रावलले खेलेको भूमिका बिर्सनु हुन्न, उहाँले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि रावलले खेलेको योगदान चानचुने छैन, सुदूरपश्चिमको अहिलेको विकास पनि रावल जग हालेको बिर्सन हुन्न । ’ 

रावलको बारेमा लेखिएको पुस्तक भैरवसिंह रावल स्मृति ग्रन्थको विमोचन काँग्रेस सभापति देउवाले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस