२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चंखेली गाउँपालिकाले ल्यायो ३३ करोड ८७ लाखको बजेट

अ+ अ-

सिमकोट । शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकता दिँदै चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा ल्याई पारितसमेत गरेको छ। गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले सभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रम सभाले पारित गरेको हो।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले ०८०/८१ का लागि ३३ करोड ८७ लाख ५१ हजार ४०९ रुपैयाँको बजेट ल्याएको बताए।

सो गाउँपालिकाले निर्धारित समयभन्दा बाह्र दिनपछि बजेट, नीति तथा कार्यक्रम ल्याएको हो। अध्यक्ष शाहीले पालिकाका विद्यालयमा विषयगत शिक्षकको व्यवस्था, बाल विकास केन्द्रका सहजकर्तालाई मासिक पाँच हजार पारिश्रमिक थप गर्नेजस्ता नीति अघि सारेको जनाए।

त्यसैगरी, पालिकाभित्रका प्राथमिक तहका विद्यालयका बालबालिकाको बसाइ व्यवस्थापन र भौतिक पूर्वाधारलाई बालमैत्री बनाउने, सम्पूर्ण विद्यालयका भवन आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने नीति चंखेलीले लिएको छ।

पालिकास्तरका विद्यालयको आन्तरिक प्रतिस्पर्धा गर्ने, विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने, पालिकास्तरीय खेलकुदलाई प्राथमिकता दिइएको छ।

पालिका अध्यक्ष शाहीले प्रस्तुत गरेको आगामी वर्षको नीतिमा पालिकाको स्वास्थ्य क्षेत्रलाई थप गुणस्तर बनाउनका लागि स्वास्थ्य संस्थाको पूर्वाधार, औषधि खरिद प्रक्रियालाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

त्यसैगरी, बजेट, नीति तथा कार्यक्रमले पूर्वाधार विकास, सामाजिक विकास, सुशासन र अन्तरसम्बन्धित विकासलाई प्राथमिकता दिँदै चंखेली गाउँपालिकाले ०८०/८१ को बजेट सार्वजनिक गरेको हो।

गाउँपालिका केन्द्र पिप्लाङमा आयोजित गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले गाउँपालिकाको शिक्षाको गणस्तर गर्न हरेक विद्यालयमा विषयगत शिक्षक नियुक्त गर्ने, बालमैत्री पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य संस्थामा पर्याप्त औषधि उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस