न्याय सम्पादनमा कुनैपनि बाहानावाजी हुन दिँदैनौँ : प्रधानन्यायाधीश कार्की « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्याय सम्पादनमा कुनैपनि बाहानावाजी हुन दिँदैनौँ : प्रधानन्यायाधीश कार्की


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको बताएका छन् ।

दाङ जिल्ला अदालतको नव निर्मित भवनको शुक्रवार दिउँसो उद्घाटन गर्दै उनले अहिलेसम्म अदालतमा रहेका मुद्दालाई ६ देखि १८ महिनाभित्र टुङ्गाउने गरी काम भइरहेको बताएका छन् ।

उनले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ६ महिना भित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्ष भित्र र जटिल वा विशेष प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भइरहेको बताए ।

जिल्ला तहदेखि सर्वोच्च अदालतसम्म छिटो न्याय सम्पादन हुने प्रणाली लागू गर्न लागिएको बताए ।

उच्च अदालतमा दुई वर्षसम्मका पुराना मुद्दा शून्यमा झार्ने काम भएको बताए ।

प्रधानन्यायाधीश कार्कीले कुनै पनि बहानाबाजीको कारण देखाएर न्याय सम्पादनमा ढिलाइ हुने कुरा क्षम्य नहुने बताए । ‘न्याय ढिला दिनु भनेको न्याय नदिनु सरह हो’, उनले भने, ‘न्याय सम्पादनमा कुनैपनि बाहानावाजी हुन दिँदैनौँ ।’

२५ करोड १९ लाख ८८ हजारको लागतमा ८७ कोठा र ५ तला भएको जिल्ला अदालतको भवन २०७४ पुसदेखि निमार्ण सुरु भएर २०७७ चैतमा निर्माण सम्पन्न भएको थियो ।

२०७७ चैत्रमा भवन निर्माण सम्पन्न भएको २ वर्षपछि आज उद्घाटन गरिएको हो । ६ इजलास सञ्चालनमा रहे पनि यो नयाँ भवनमा अब १० इजलास सञ्चालन गर्न सकिने जिल्ला अदालत दाङका मुख्य न्यायाधीश कृपासुर कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस