एमालेले गर्‍यो चार जना सदस्यलाई कारबाही « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमालेले गर्‍यो चार जना सदस्यलाई कारबाही


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले चार जना पार्टी सदस्यलाई कारबाही गरेको छ।

शुक्रबार बसेको नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै पूर्व नगरसचिव नारायणप्रसाद भण्डारीसहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई कारबाही गरेको हो।

सिद्धार्थनगरका नगर अध्यक्ष चक्रबहादुर थापाले चारै जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको जानकारी दिए।

पार्टीका निर्णय पालना नगर्ने र पार्टीविरुद्ध गतिविधि गर्दै हिँड्न थालेपछि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको उनले बताए।

सोही बैठकले ३ दिनभित्र सदस्यता नवीकरण गराउने, केन्द्र, प्रदेश र जिल्लाका अध्ययन परिपत्रले निर्देशन गरे अनुसार कार्यान्वयन गर्ने, पार्टी प्रशिक्षण गर्ने, जनवर्गीय सङ्गठनका बैठक, भेला आयोजना गर्ने लगायतका निर्णय गरेको अध्यक्ष थापाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस