कोशीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च जाँदै एमाले र राप्रपा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कोशीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च जाँदै एमाले र राप्रपा


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च जाने भएका छन् ।

नेकपा एमालेका एक नेताले आज (शुक्रबार) नै सर्वोच्चमा जाने बताएका छन् ।

संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै अदालत जाने ती नेताले बताए ।

बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस