विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ


२१ असार २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको छ ।

कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस