सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


२१ असार २०८०, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसद्को अवरोध लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत लगायतका नेताहरू छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस