आज यी प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


२१ असार २०८०, बिहिबार


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा सामान्य देखि पूर्ण बदली रही अधिकांश प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।

आज देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षा र देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस