माधव नेपालले भेटे श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपालले भेटे श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्री


२० असार २०८०, बुधबार


काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । 

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको छ । राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गरेका थिए ।

यस्तै, अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरूमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एक-अर्कालाई आवश्यक सहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस