उप-प्राध्यापक पदको परीक्षा स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उप-प्राध्यापक पदको परीक्षा स्थगित


२० असार २०८०, बुधबार


काठमाडौँ । २१ गतेदेखि हुने भनिएको उप-प्राध्यापक तथा वरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले नेविसंघको तालाबन्दीको कारण परीक्षा स्थगित गरेको हो ।

आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

आयोगले २०७८ साल चैत १६ गते उप-प्राध्यापक र २०७९ साउनमा वरिष्ठ प्रशिक्षक पदको विज्ञापन गरी बिहीबारदेखि लोक सेवा आयोग अनामनगर, काठमाडौँमा हुने जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस