समाजलाई जागरूक बनाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : सभामुख « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

समाजलाई जागरूक बनाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : सभामुख


२० असार २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली सञ्चार क्षेत्रले समाजलाई जागरूक बनाउन अपरिहार्य भूमिका निर्वाह गरेको बताएका छन् । ‘संसदीय मामिला पत्रकार समाज’का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सबल बनाउन लाग्नुपर्ने धारणा राखेका छन् ।

 “संसदलाई राष्ट्रहितमा लैजान सञ्चार क्षेत्रको भूमिका छ, सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको छ”, उनले भने । ‘संसदीय मामिला पत्रकार समाज’को जिम्मेवारी पत्रकारिता भए पनि संसदको परिवार पनि भएको भन्दै उनले प्रतिस्पर्धाका आधारमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई दिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संसदका गतिविधिलाई सिधै जनता समक्ष पुर्‍याउने काममा संलग्न समाजका पदाधिकारी संसदका ऐनकारुपमा रहेको बताए । “संसद होस वा समाजका समाचार बिना कुनै आग्रह र पूर्वाग्रहमा सम्प्रेषण हुनुपर्छ, समाजमा देखिएका कमी कमजोरीलाई उजागर गर्नुपर्छ”, उनले भने, “समाजलाई संसदको सबैखाले सहयोग उपलब्ध हुनेछ ।” देशको विकास, समृद्धि गर्दै सुशासन कायम गर्नमा सबैको दायित्व भएको उनको भनाइ छ । उनले स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचनको अभ्यास आजको आवश्यकता भएको धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस