२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान

अ+ अ-

काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयाघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।

तर पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने उनको भनाई छ । मंगलबार साँझ ६ बजे रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुगेको थियो । रोबिनको चार वर्ष पहिल्यै डिभोर्स भएको र उनी एक्लै बस्दै आएकाले उनको मृत्युबारे तत्काल केही भन्न नसक्ने बुढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नमराज भट्टराई जानकारी दिए ।

प्रहरीका अनुसार गायकको शव भेटिँदा उनको कोठाको ढोका भित्रबाट लक गरिएको थियो । प्रहरीले रोबिनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पताल लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।

उनले भने, ‘हामी घटनास्थल पुग्दा उनी अचेत अवस्थामा थिए, उनको शरीर चिसो भैसकेको थियो । र पनि हामीले बचाउने प्रयासमा अस्पताल पुर्‍याएका हौं । घटनास्थलमा शंकास्पद कुरा केही देखिएन । प्रारम्भिक अनुसन्धानमा डाउट गर्ने ठाउँ छैन,बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि नै भन्न सकिन्छ ।’

रोबिनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ । गायक तामाङको मुगलान एल्बम निकै रुचाइएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस