काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा जितेन्द्र बस्नेत जाने भएका छन् ।
काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय मंगलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले सिडिओ बनाई पठाउन लागेको हो ।
सम्भवत: केहिबेरमा निर्णय हुनेछ र भोलीदेखि उनले जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको गृह स्रोतले प्रशासनलाई जानकारी दियो ।
सम्बन्धित समाचार : घनश्याम उपाध्याय सचिवमा बढुवा
यसअघि गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भई सकेका बस्नेत नम्र स्वभावका भद्र सहसचिवका रूपमा चिनिन्छन् ।