थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट


१९ असार २०८०, मंगलबार


काठमाडौँ । थ्रीस्टार हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोला प्रथामार्फत कुल ६१ हजार ३१६ जनाले सेयर पाएका छन्।

जसमध्ये भाग्यमानी २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकोमा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म उक्त आइपिओ सर्वसाधारणलाई बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत अर्थात् १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक निष्कासनको लागि छुट्याएको थियो।

सो मध्ये ४ करोड ९२ लाख ५० हजार रकम बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको १५ प्रतिशत अर्थात् ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीलाई र ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई पनि कम्पनीले यसअघि नै बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता आइपिओ सर्वसाधारणका लागि कम्पनीले खुला गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस