नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य


१९ असार २०८०, मंगलबार


काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोइरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोइरालाले २३ बलमा १८ रन बनाए ।

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनीय साझेदारी हुन सकेन । पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्‍याए ।

सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे । अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान ११ विकेट लिए ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस