कोशी सरकारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोशी सरकारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


१८ असार २०८०, सोमबार


काठमाडौँ । सत्ता गठनबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा कोशी प्रदेश सरकार गठनबारे छलफल हुँदैछ।

त्यस्तै, संसदीय समितिका सभापति चयनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले आह्वान गरेका छन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन्।

संसदीय समिति सभापतिको भागबन्डाका विषयमा पनि छलफल हुने छ। प्रतिनिधिसभामा १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति छन्।

Tags :
प्रतिक्रिया दिनुहोस