प्रतिपक्षीको योजना बजेटमा समेट्न प्रतिबद्धतापछि हट्यो बागमती प्रदेश सभाको अवरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिपक्षीको योजना बजेटमा समेट्न प्रतिबद्धतापछि हट्यो बागमती प्रदेश सभाको अवरोध


१८ असार २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरूको योजनालाई समावेश गर्ने प्रतिबद्धता जनाएको छ । यससँगै प्रदेश सभाको अवरोध हट्ने भएको छ ।

प्रदेश राजधानी हेटौँडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरूका योजनालाई पनि समावेश गर्ने सहमति भएको छ । प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिं लामाले यही प्रतिबद्धता जनाउने छन् ।

सरकारको प्रतिबद्धतापछि प्रदेशसभाको अवरोध हट्ने एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस