गौतमबुद्ध विमानस्थलमा समानान्तर ट्याक्सी-वे बनाउन ४ अर्बको ठेक्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गौतमबुद्ध विमानस्थलमा समानान्तर ट्याक्सी-वे बनाउन ४ अर्बको ठेक्का


१८ असार २०८०, सोमबार


काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लाग्ने भएको छ । निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि थप निर्माण कार्यका लागि गत वैशाखमा ठेक्का आह्वान भएको थियो ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष-क्षमादेवी-बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृतिको आशयपत्र प्रकाशित गरेको छ । प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लाग्दैछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस