सिंगापुरविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुआत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिंगापुरविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुआत


१८ असार २०८०, सोमबार


काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपालले राम्रो ब्याटिङ सुरुआत गरेको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ ।

नेपालका ओपनर सुर्यांशु कोइरालाले ३२ बलमा ५ चौकासहित ३२ रनका साथ क्रिजमा रहेका छन् । उनलाई अर्का ओपनर निरज कुमार यादवले १६ बलमा १० रनका साथ दिइरहेका छन् ।

समूह विजेताको रूपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरी फाइनलमा स्थान बनाउन चाहन्छ ।

सिंगापुर पनि सोही सोचका साथ मैदान उत्रेको छ। यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मङ्गलवार खेल्ने छ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस