गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सिडिइ उपाध्यायले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सिडिइ उपाध्यायले पाए सफाइ


१७ असार २०८०, आइतबार


काठमाडौँ । विशेष अदालतले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) पूर्णप्रसाद उपाध्यायलाई सफाइ दिएको छ ।

विभागको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जमा कार्यरत उपाध्यायसँगै उनकी श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई पनि विशेषले सफाइ दिएको हो । 

अख्तियारले पुस २०६३ देखि जेठ २०७७ सम्मको आयव्ययको अनुसन्धान गरेकोमा उनले आयभन्दा बढी व्यय र सम्पत्ति जोडेको देखिएपछि २३ असार २०७७ मा मुद्दा दायर गरेको थियो । एक करोड ९१ लाख रुपैयाँभन्दा बढी वैध कमाइ हुनुपर्नेमा उपाध्यायले पाँच करोड १ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको तथा व्यय गरेको अख्तियारले जनाएको थियो ।

उपाध्याय दम्पत्तिलाई तीन करोड १० लाख २७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाइएको थियो । पूर्णप्रसादले अवैध रूपमा गरेको आय श्रीमती दुर्गाका नाममा राखेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको थियो । 

तर, आइतबार विशेष अदालतले दुवैलाई मुद्दाबाट सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारुको इजलासबाट यस्तो फैसला भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस