कर्णाली प्रदेशसभा बैठक आज बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेशसभा बैठक आज बस्दै


१७ असार २०८०, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज (आइतबार) बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आज बस्ने तय गरिएको छ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसकाकारण बैठक सुचारु हुन सकेका थिएन ।

संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस