नरैनापुरका ७७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नरैनापुरका ७७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण


१६ असार २०८०, शनिबार


काठमाडौँ । नरैनापुर गाउँपालिकाका ७७ भूमिहीन परिवारले लालपुर्जा पाएका छन्। पहिलो चरणमा नरैनापुर गाउँपालिका-४ स्थित गाउँ ब्लकमा रहेका ७७ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो।

नरैनापुरका गाउँब्लकमा रहेका थप चार सय भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

नापी कार्यालय बाँकेका अनुसार भूमि भएर भूमिविहीन बनिरहेका सबैलाई जग्गा प्रदान गर्ने तयारी गरिएको छ । नापी हुन बाँकी गाउँ ब्लकको जग्गा नाप गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस