संसदमा आफ्नो फोटो नराखेको भन्दै उप सभामुखले जनाइन् असन्तुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदमा आफ्नो फोटो नराखेको भन्दै उप सभामुखले जनाइन् असन्तुष्टि


१६ असार २०८०, शनिबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् ।

६५ औँ संसद दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् । ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् ।

आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।

‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रूपमा । हामीमा खै त त्यस्तो ?’ उनले प्रश्न गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस