नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा


१६ असार २०८०, शनिबार


काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ । सडक बन्द हुने र खुल्ने क्रम चल्दा धेरै गाडी लाइनमा रहेकाले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस