दार्चुलाको २ पालिकामा आइतबार सार्वजनिक बिदा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दार्चुलाको २ पालिकामा आइतबार सार्वजनिक बिदा


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । आइतबार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना जारी गर्दै  शिखर पुजन जात्राको अवसरमा आइतबार (असार १७ गते) सार्वजनिक बिदा दिएका हुन् । 

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सार्वजनिक बिदाको दिन सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस