९ करोड ८४ लाख पुग्यो चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

९ करोड ८४ लाख पुग्यो चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या 


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सदस्य सङ्ख्या नौ करोड ८४ लाख पुगेको छ । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू झन्डै १० करोड पुगेका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले गरेको घोषणाअनुसार यसका सदस्य नौ करोड ८४ लाख पुगेका उल्लेख छ । जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको १०२ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सदस्यको बारेमा जानकारी दिइएको हो ।

तथ्याङ्क अनुसार सन् २०२१ देखि यो सङ्ख्या झन्डै १३ लाख ३३ हजार अर्थात् एक दशमलव चार प्रतिशतले बढेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस