माल्टा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माल्टा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । वैदेशिक रोजगारीमा युरोपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो ।

माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए । उनलाई बिहीबार काठमाडौँको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाउने भन्दै ठग्ने क्रम बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस