ओलीसँग रविले मागे माछा र केराको आयात रोक्न सहयोग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ओलीसँग रविले मागे माछा र केराको आयात रोक्न सहयोग


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग माछा र केराको आयात रोक्न सहयोग मागेका छन् ।

आज राष्ट्रिय धान दिवस मनाउन ओली र लामिछाने चितवन गएका छन् ।

विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा लामिछानेले माछा र केरा आयातमा रोक लगाउने अभियान चलेको बताउँदै त्यसमा सहयोग गर्न ओलीसँग आग्रह गरेका हुन् ।

उनले ओलीसँग भने,‘माछा र केरा चाहिँ आयात विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ । त्यसमा तपाईँहरूको मद्दत चाहिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस