‘मल अभाव छैन, प्रतिशोधका लागि विगतका फोटा देखाएर प्रचार गरियो’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

‘मल अभाव छैन, प्रतिशोधका लागि विगतका फोटा देखाएर प्रचार गरियो’


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरिएको बताएका छन्।

मलको अभाव नभएको दाबी गर्दै उनले केही ठाउँमा मल वितरणमा बदमासी भएकाले छानबिन गरी कारबाही गर्ने चेतावनी दिए। शुक्रबार खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी हुँदै उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको उल्लेख गरे।

उनले भने, ‘दाबीका साथ भन्छु,अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ ।’

मन्त्री भुसालले केही वर्ष पहिले खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए। यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भएपनि बजेट विनियोजन गरेको उनको भनाइ छ। बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको मन्त्रीको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस