विश्वविद्यालयको भर्नामा सकारात्मक विभेदको व्यवस्था खारेज गर्ने सर्वोच्चको फैसला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वविद्यालयको भर्नामा सकारात्मक विभेदको व्यवस्था खारेज गर्ने सर्वोच्चको फैसला


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले विश्वविद्यालय भर्नामा सकारात्मक विभेदको व्यवस्था खारेज गर्ने फैसला गरेको छ ।

बिहीबार हार्वर्ड युनिभर्सिटी र नर्थ क्यारोलिना विश्वविद्यालयमा जाति(सचेत भर्ना कार्यक्रमहरू खारेज गर्न सर्वोच्चले आदेश दिएको हो ।

प्रभावकारी रूपमा अमेरिकी क्याम्पसहरूमा अश्वेत, हिस्पैनिक र अन्य अल्पसङ्ख्यक विद्यार्थीहरूको संख्या बढाउन प्रयोग गरिएको सकारात्मक विभेदका नीतिहरूलाई निषेध गर्ने आदेश भएको हो ।

सर्वोच्चमा रहेका ९ मध्ये ६ न्यायाधीशको बहुमतले विश्वविद्यालयमा रहेका सकारात्मक विभेदका नीति खारेज गरेको छ । अदालतमा रहेका ६‘कन्जर्भेटीभ’ न्यायाधीशको समूहले लामो समयदेखि स्थापित भएको सकारात्मक विभेदको व्यवस्था खारेज गरेको हो ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिना र हार्वड युनिभर्सिटीविरुद्ध परेको मुद्दामा उक्त फैसला भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस