एसईईको नतिजा अन्तिम चरणमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एसईईको नतिजा अन्तिम चरणमा


१४ असार २०८०, बिहिबार


काठमाडौँ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डले जनाएको छ । 

उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस