मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिए « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिए


१४ असार २०८०, बिहिबार


काठमाडौँ । मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

बैठक स्थगित भएपछि ‘केही तथ्याङ्क लिएर आउँछु’ भन्दै मुख्यमन्त्री हिक्मत कार्की प्रदेश सभा सचिवालयबाट निस्किएपछि बैठक नै अनिश्चित बनेको छ । 

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव राखेपछि त्यसमाथिको छलफलमा दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

मुख्यमन्त्रीसँगै सरकारका मन्त्रीहरूसमेत सदनबाट बाहिरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस