चितवन राष्ट्रिय निकुञ्जले लगायो जङ्गल सफारीमा रोक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चितवन राष्ट्रिय निकुञ्जले लगायो जङ्गल सफारीमा रोक


१४ असार २०८०, बिहिबार


काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ ।

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।

यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो । निकुञ्जका अनुसार सफारीका लागि ६५ जिपले अनुमति लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस