प्रधानमन्त्रीद्वारा एक्सन रुमबाटै सुनकोशी-मरिण डाइभर्सनको निरीक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा एक्सन रुमबाटै सुनकोशी-मरिण डाइभर्सनको निरीक्षण


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण प्रक्रियाबारे एक्सन रुमबाट जानकारी लिएका छन् । 

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’ बाटै प्रधानमन्त्री दाहालले सुनकोशी मरिण डाइभर्सन र भेरी-बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका वर्तमान अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

सुनकोशी मरिण डाइभर्सन आयोजनाका अनुसार प्रधानमन्त्री दाहालले पहिलो पटक आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका हुन् । 

प्रधानमन्त्री दाहाल गत जेठ २८ गते सुनकोशी मरिण डाइभर्सनको स्थलगत अवलोकन तथा ड्यामको शिलान्यास गर्न सिन्धुली जाने कार्यक्रम तय भएपनि एकाएक रोकिएपछि दाहालले ‘एक्सन रुम’ बाटै भएपनि आयोजनाबारे जानकारी लिएको जनाइएको छ । 

उक्त अवसरमा प्रधानमन्त्री दाहालले आयोजनाको अनुगमन, निरीक्षण तथा आवश्यक निर्देशन समेत दिएको बताइएको छ ।  यो सुरुङ खन्ने कामको प्रगति लक्ष्यभन्दा बढी भएको हो । १३ दशमलव ३ किलोमिटर लामो सुरुङमध्ये सुरु भएको नौ महिनामै कूल सात दशमलव ०९६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । गत असोज २८ गतेदेखि टनेल बोरीङ मेसिन (टिबिएम) मार्फत आयोजनाको सुरुङ निर्माण सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस