रवि लामिछानेविरुद्ध युवराज सफलले दायर गरेको रिट खारेज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रवि लामिछानेविरुद्ध युवराज सफलले दायर गरेको रिट खारेज


१३ असार २०८०, बुधबार


काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

लामिछानेले अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासलेसंवैधानिक इजलासले रिट खारेज गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस