सासू–बुहारी अन्तरक्रियाका लागि बजेट विनियोजन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट विनियोजन


१३ असार २०८०, बुधबार


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू-बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो। समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिवर्तन ल्याउन उक्त कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ ।

सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रूपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको गाउँपालिकाको भनाई छ ।

सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ। यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस