३५ हजार कर्मचारी हटाउँदै यूबीएस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३५ हजार कर्मचारी हटाउँदै यूबीएस


१३ असार २०८०, बुधबार


समायोजन पत्र

काठमाडौँ । स्विट्जरल्यान्डको बहुराष्ट्रिय इन्भेस्टमेन्ट बैंक यूबीएस ग्रुपले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । केही महिनअघि ‘टाट’ पल्टिएको स्विट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट सुइस खरिद गरेको यूबीएसले ३५ हजार कर्मचारी हटाउने तयारी गरेको हो ।

यूबीएसले बैंक, ट्रेड र सपोर्ट अन्तर्गत लन्डन, न्यूयोर्क र एसियामा कर्मचारी कटौती गर्ने बताइएको छ । यो संख्यामा कर्मचारी तीन चरणमा कटौती गर्ने समाचारमा उल्लेख छ ।

जुलाईको अन्त्यमा पहिलो चरणमा कर्मचारी कटौती गरिने र त्यसपछि सेप्टेम्बर र अक्टोबरमा गरी कर्मचारी हटाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

क्रेडिट सुइस अधिग्रहण गरेपछि यूबीएससँग हाल करिब १ लाख २० हजार कर्मचारी रहेका छन् । यसले आगामी वर्षमा कर्मचारी कटौती गरी ६ अर्ब अमेरिकी डलर बचाउने योजना बनाएको छ । क्रेडिट सुइसमा मात्रै करिब ४५ हजार कर्मचारी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस