प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्न नहुने माग एमाले र रास्वपाका सांसदहरूको छ। मङ्गलवार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए।
तर यो विषयलाई विनियोजन विधेयकमै सम्बोधन गरिनुपर्ने माग एमाले र रास्वपाको छ। सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइका रूपमा राख्ने प्रस्ताव गरेको थियो।
यो प्रस्तावमा सत्तारूढ नेपाली कांग्रेसलगायत र प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले विरोध गरेपछि सरकार पछि हटेको थियो।