चालु आर्थिक बर्षको भुक्तानी २४ असारसम्म सक्न निर्देशन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चालु आर्थिक बर्षको भुक्तानी २४ असारसम्म सक्न निर्देशन


१३ असार २०८०, बुधबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न निर्देशन दिइएको छ ।

महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन सो निर्देशन दिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ । यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि भने निकासा दिन सकिने प्रावधान छ । सो निकासाबाहेक नियमित निकासा र भुक्तानी सक्न महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । यो नियम स्थानीय तह र प्रदेशको हकमा समेत लागु हुने छ ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

मंगलबारसम्म संघीय सरकारले १२ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस