मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा : प्रधानमन्त्री


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा रहेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको ६ महिनाको कार्यप्रगति सुनाउँदै उनले जस्तोसुकै निराशावादी पनि श्रीलङ्काको दुस्वप्नबाट बाहिर आइसकेको बताएका हुन्।

‘हामीले सरकार सम्हाल्दा गम्भीर प्रकारका आर्थिक समस्या थियो। एउटा भाष्य बनेको थियो आम रूपमा। नेपालको नियति श्रृलंकाकोजस्तै हुनेभयो। यो भाष्य बौद्धिक वर्गमा मात्र सीमित थिएन। आ नागरिकसम्म पनि पुगेको थियो। टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रीलङ्काको तस्बिरले सिङ्गो देशलाई आशङ्कित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रीलङ्काको दुस्वप्नबाट जागिसकेको छ।’

यसलाई प्रधानमन्त्री प्रचण्डले सरकारको भन्दा पनि राष्ट्रकै उपलब्धीको रूपमा चर्चा गरेका छन्।

अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्मक भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ।

पछिल्लो ६ महिनायता विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको उनको दाबी छ। यसले ९.७ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेको उनले बताए। १५.२ प्रतिशतले व्यापार घाटामा कमी आएको पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस