प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिव पिर्रेबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिव पिर्रेबीच भेटवार्ता


१३ असार २०८०, बुधबार


काठमाडौँ । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बुधबार बिहान भएको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ​

उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस