लागु पदार्थ दुब्र्यसनी तथा सामाजिक कुरीति विरुद्ध सचेतनामूलक कार्यक्रम « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लागु पदार्थ दुब्र्यसनी तथा सामाजिक कुरीति विरुद्ध सचेतनामूलक कार्यक्रम


१२ असार २०८०, मंगलबार


डोटी  । लागु पदार्थ दुव्र्यशनी तथा सामाजिक कुरीति विरुद्ध बडीकेदार गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

समाजमा हुने गरेका कुरीति, विकृति, विसङ्गतिको अन्त्य हुनुका साथै लागु पदार्थ  दुव्र्यशनीलाई न्यूनीकरण गरी सभ्य समाज निमार्ण गर्न बडीकेदार गाउँपालिका र प्रहरी चौकी खँड्यौलीको सहकार्यमा सचेतनामूलक कार्यक्रम मंगलबार बर्छैन माध्यामीक विद्यालयमा बर्छैनमा आयोजना गरिएको थियो । 

समाजमा रहेका विद्यमान कुरीति कुसंस्कारहरूको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । 

 ‘हाम्रो समाज, छर छिमेक, टोलमा कुसंस्कार विकृति के के रहेका छन् तिनीहरूको पहिचान गर्नुपर्छ त्यसपछि न्यूनीकरण गर्न सहज हुन्छ, उनले भनिन्, ‘ बालबालिकाहरूलाई लक्षित गर्दै उपाध्यक्ष कलेलले बालबालिकाहरू आफ्नो हक अधिकार र कर्तव्यको बारेमा जानकार हुनुपर्छ अनि मात्र अरूलाई भन्न मिल्छ , त्यसैले विद्यालय क्याम्पसमा अध्ययनरत बालबालिकाहरू आफुमात्र सचेत नभई आफ्नो घर परिवारलाई समेत कुरीतिबाट सचेत रहन जानकारी गराउनु पर्छ ।’ 

समुदायमा हुने अपराधीक गतिविधिलाई न्यूनीकरण गर्न सहयोग पुग्नुका साथै सभ्य समाज निमार्णमा सहयोग पुगोस् भनेर कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक ईन्द्र बहादुर बमले बताए । उनले भने,‘बालबालिका भनेका भोलीका भविष्य हुन त्यसैले कुनै बालबालिका विकृति विसङ्गति, अपराधीक गतिविधि, लागु पदार्थ दुव्र्यशनीमा संलग्न हुनु हुँदैन कोही त्यस्ता बालबालिका छन् भने अभिभावक समेत सचेत हुनुपर्छ ।’ 

कुनै पनि बालबालिका विकृति विसङ्गति, अपराधीक गतिविधि, लागु पदार्थ दुव्र्यशनीमा संलग्न नहुन भन्ने हेतुले प्रहरीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पत्तले बताए । प्रहरीले विभिन्न विद्यालय, गाउँघरमा गएर अपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भईहाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउँदै आइरहेको समेत इन्चार्ज पन्तले बताए। 

कार्यक्रममा कक्षा ९, १०, ११ र १२ का विद्यार्थी र अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस