एकैदिन ५७ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एकैदिन ५७ अङ्कले बढ्यो नेप्से


१२ असार २०८०, मंगलबार


शेयर बजार

काठमाडौँ । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अङ्क बढेर बन्द भएको छ ।

सोमबार (हिजो) नेप्से साढे ११ अङ्कले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२।२१ अङ्कले बढेर बन्द भएको थियो ।

मंगलबार नेप्से परिसूचक २.६७ प्रतिशतले वृद्धि भएर २१८६.३६ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि वृद्धि भएको छ ।

यस दिन पाँच अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस