राष्ट्रपति पौडेल अझै केही दिन अस्पतालमै रहने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेल अझै केही दिन अस्पतालमै रहने


१२ असार २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमै रहने भएका छन् । काठमाडौँको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार जारी छ ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गए पनि चिकित्सकले अझै एकरदुई दिन अस्पतालमै राख्नुपर्ने सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ ।

यही असार ५ गते उनको मुटुमा पेसमेकर राखिएको छ । मुटुको गति कम हुने समस्या देखिएपछि ‘ड्युल च्याम्बर पेसमेकर’ राखिएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस