२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विकास कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, सब-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

निमित्त कार्यालय प्रमुख बुढाले मुगु खत्याड गाउँपालिका वडा नम्बर ४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त आ.व. २०७६-०७७ मा सकिनुपर्ने खिराचौर कृषि सिँचाइ निर्माण योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार पारी बिल भुक्तानी गरेको अख्तियारको ठहर छ ।  

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बुढाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा बाह्र लाख त्रियासी हजार चौतीस रुपैयाँ सतहत्तर पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना गरी बिगो असुलउपर हुन एवं निजले भए-गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताब प्रतिवेदनमा चढाई सोहीबमोजिमको कार्य स्वीकार प्रतिवेदन तयार/प्रमाणित गरी भुक्तानीको लागि आदेश गरेको देखिँदा निज बुढाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र रिवानाको सजाय हुन मागदावी लिइएको छ।

यस्तै कृषि विकास कार्यालय मुगुका तत्कालीन सव-इन्जिनियर राजेन्द्र शाही र प्राविधिक सहायक टेक बहादुर खत्रीले निर्माण योजनाको स्थलगत अनुगमन तथा नापजाँच गरी नापी किताब लगायतको वास्तविक प्रतिवेदन दिनुपर्नेमा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी नगरे नगराएको परिमाणको कार्य भएको भनी गलत स्थलगत प्रतिवेदन, नापी किताब तथा कार्य स्वीकार प्रतिवेदन-प्राविधिक प्रतिवेदन तयार गरी भुक्तानी सिफारिस गरी सोही बमोजिम उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ । 

साथै, उपभोक्ता समितिका अध्यक्ष हस्त बहादुर रोकाया, कोषाध्यक्ष अमना कुमारी रोकाया, सचिव भुवन रावलले कृषि विकास कार्यालय, मुगुसँग सम्झौता गरेको सर्त एवं सम्झौता बमोजिमको कार्य नगरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी नगरे/नगराएको परिमाणको कार्य भएको भनी बिल भरपाई लगायतका कागजात पेस गरी भुक्तानी लिई निजहरू हस्त बहादुर रोकाया, अमना कुमारी रोकाया, भुवन रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारको दाबी छ । 

प्रतिक्रिया दिनुहोस