२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८२ वर्षकी यामकुमारीले बुनेका गलैँचा पुग्छ अमेरिकासम्म

अ+ अ-

बेनी । मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन्।

परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुन्छ। झोला, गलबन्दी, स्वीटरलगायतका सामान घर गाउँमै बिक्री हुने गरेको छ।

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई सात हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पुनले बताइन्। फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आएकी छिन्। ‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’, उनले भनिन्।

आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले बताइन्। ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्छन्’, उनले भनिन्, ‘स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजान्छन्।’

गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।

उनले आफ्नो सीपको व्यवसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छिन्। २०५२ सालमा स्थापना भएको स्थानीय गोदावरी आमा समूहलाई उहाँले विगत २८ वर्षदेखि नेतृत्व गरेकी छिन्। समूहले वृक्षारोपण, गाउँ सरसफाइ, सामूहिक तरकारी खेतीलगायतका गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस