विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु


११ असार २०८०, सोमबार


काठमाडौँ । विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा विमानको इन्जिनले कर्मचारीलाई भित्र तानेको जनाइएको छ । 

एउटा इन्जिन चलिरहेको डेल्टा कम्पनीको यो यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ आइरहेको थियो र यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको कम्पनीले जनाएको छ ।

यस विषयमा सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि अनुसन्धान गरिरहेको छ । 

डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने ती कर्मचारीको नाम कम्पनीले अहिलेसम्म खुलाएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस