काँग्रेस केन्द्रीय कार्य समिति बैठक बोलाउन माग, केन्द्रीय कार्यालयमा पत्र दर्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय कार्य समिति बैठक बोलाउन माग, केन्द्रीय कार्यालयमा पत्र दर्ता


११ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवासमक्ष लिखित माग गरेका छन् ।

सोमबार केन्द्रीय कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौँ प्रश्नको जवाफ नदिइएको भन्दै विधानबमोजिम बैठक बोलाउन माग गरिएको छ ।

काँग्रेसको विधानमा प्रत्येक २ महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्य समिति बैठक बस्ने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस