निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?


११ असार २०८०, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने बताए ।

“निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु पर्‍यो ? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छाड्ला, छुट्टाएर छाड्ला,” उनले भने, “किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।”

उनले धमिजा र लाउडा काण्डजस्ता ठुलै काण्ड गरेर निगमलाई ४८ अर्ब घाटामा लगेको समेत दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस